Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेलिकमको विलिङ ठेक्कामा कांग्रेस नेता कार्कीका भाइ लोकेन्द्रको रजगज, बालेनको सुशासनमा धक्का !

टेलिकमको विलिङ ठेक्कामा कांग्रेस नेता कार्कीका भाइ लोकेन्द्रको रजगज, बालेनको सुशासनमा धक्का !

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेपाल टेलिकमको करिव साढे ४ अर्वको विलिङ सफ्टवेरको ठेक्का हत्याउन कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीका भाइ लोकेन्द्र कार्की अहिले पनि सक्रिय भएर लागिरहेका छन् । 

सेना र प्रहरीको हतियार खरिदमा मुछिदै आएका कार्की चिनियाँ कम्पनी ह्वेल क्लाउडका एजेन्ट हुन् । 

तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले हुवावेले पाइसकेको विलिङको ठेक्का एकाएक लोकेन्द्र कार्कीहरुकै स्वार्थ अनुकुल हुनेगरी रद्द गराएका थिए ।

हुवावे र जेटीईको ३५ प्रतिशत लगानी रहेको ह्वेल क्लाउड मात्र विलिङ ठेक्काको प्रतिस्पर्धामा छनौट भएका थिए । 

हुवावेका नेपाली एजेन्टका रुपमा रुपक प्रधान रहेका छन् भने ह्वेल क्लाउडका प्रतिनिधि लोकेन्द्र कार्की हुन् । ह्वेल क्लाउडले झण्डै ३५ करोड रकम बराबरको माइक्रोवेभको ठेक्का हत्याइसकेको छ । 

हुवावेलाई विलिङको र ह्वेल क्लाउडलाई माइक्रोवेभको ठेक्का दिलाउन टेलिकमका उपनिर्देशक डिल्ली अधिकारीले सुरुदेखि नै सेटिङ गरेको आरोप लाग्दै आएको छ ।

श्रीमतीकै नाममा डलरमा घुस बुझेको प्रमाण फेला पार्दा समेत अख्तियारले ठेक्काहरुमा चलखेल गर्दै आएका अधिकारीमाथि कारबाही नगर्दा उनको मनोबल अझै बढ्दै गइरहेको टेलिकमकै अधिकारीहरु बताउँछन् ।

विलिङ ठेक्का हत्याउन कार्कीले आफ्नो कम्पनी प्राविधिक प्रस्तावमा असफल भएपछि पास भइसकेको चिनियाँ कम्पनी हुवावेविरुद्ध उच्च अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दा अहिले पनि विचाराधिन अवस्थामा छ । 

जगदिश खरेल सञ्चरमन्त्री हुँदा विलिङ ठेक्कामा हुवावे प्राविधिक रुपमा छनौट भएपछि आर्थिक प्रस्ताव नखोली एकाएक ठेक्का नै रद्द गराएका थिए । जसलाई भू–राजनीतिक स्वार्थका रुपमा पनि हेरिंदै आएको छ ।

सुरुमा तत्कालिन मन्त्री खरेलले टेलिकमकी तत्कालिन निमित्त प्रवन्ध निर्देशक सविना मास्केलाई ह्वेल क्लाउडलाई पनि ‘टेक्निकल इभ्यालुयसन’मा संलग्न गराउन भन्दै मौखिक रुपमा निर्देशन दिएका थिए । तर, अन्तिममा एकाएक टेण्डर नै रद्द गरिएको थियो । 

अहिले टेलिकमले पुनः नयाँ ठेक्का खोल्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयसँग आवश्यक गृहकार्य गरिरहेको छ । 

हाल टेलिकमकी निमित्त एमडी रिना डंगोलले पारदर्शी रुपमा टेण्डर खोल्ने तयारी थालेकी छन् । तर, ठेकेदार लोकेन्द्र कार्की र भीओआईपी प्रकरणमा मुछिदै आएका मनिन्द्र मल्ल समेत डंगोललाई प्रभावमा पारी चिनियाँ कम्पनीलाई नै ठेक्का दिलाउन चलखेल गरिरहेको टेलिकमका एक उच्च अधिकारीले बताएका छन् । 

मल्लले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेक श्रेष्ठमार्फत पनि उच्च तहमा चलखेल गर्न थालिसकेको ति अधिकारीको भनाई छ । 

यता, विलिङ ठेक्का रोकिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको चिनियाँ कम्पनी एशिया इन्फोले नै काम गर्दै आइरहेको छ । 

एशिया इन्फोका नेपाली एजेन्ट दीपक प्रधानले रुपक प्रधान, दिनेश श्रेष्ठलगायतका ठेकेदारहरुमार्फत प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को सचिवालयमा चलखेल गर्न थालिसकेको स्रोत बताउँछ । 

अर्कोतिर लोकेन्द्र कार्की एशिया इन्फोलाई नै निरन्तरता दिलाउन चलखेल गरिरहेका छन् । टेलिकमले पुनः ठेक्का आह्वान गरेपछि आफ्नो कम्पनी ह्वेल क्लाउडलाई पनि ठेक्कामा भाग लिन लगाउने तर, विभिन्न समस्याहरु निकालेर एशिया इन्फोलाई नै लम्ब्याइराख्न कार्कीले टेलिकमका डिएमडी डिल्ली अधिकारीमार्फत टेलिकमभित्र चलखेल गरिरहेको स्रोत बताउँछ । 

यदि कार्कीको यो खेल सफल भयो भने टेलिकममा पुरानै भ्रष्ट गिरोह हावी हुने र प्रधानमन्त्री बालेनको सुशासन अभियानमा ठूलो धक्का लाग्ने देखिन्छ । 

वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासमेत कार्कीहरुको यो खेलको बारेमा जानकार छैनन् । कार्कीलाई डीएमडी अधिकारीका अलवा टेलिकमकै अर्का कर्मचारी शालिकराम पराजुलीले समेत साथ दिंदै आएका छन् । पराजुली पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निकट कर्मचारी हुन् । 

नेपाली सेनाको हतियारलगायतका सामान आपूर्तिमा समेत कार्कीले कब्जा जमाउँदै आएका छन् । 

टेलिकममा सुनिल पौडेल प्रवन्ध निर्देशक छँदा संगिता पहाडीले विलिङ प्रणालीको ठेक्कामा नेगोसिएसन कमिटिमा बसेर चिनियाँ कम्पनी एशिया इन्फोलाई वार्षिक करोडौं रकम दिने निर्णय गराई हानी पुर्याएकी थिइन् ।

अख्तियारले चिनियाँ कम्पनी एशिया इन्फो, उक्त कम्पनीका डाइरेक्टर चिनियाँ नागरिक लङ योङ्ग, अप्रेसन÷प्रोजेक्ट म्यानेजर ह्वाङ वी र एशिया इन्फोका नेपाली एजेन्ट शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको थियो । 

अख्तियारले बिलिङ प्रणालीको घोटालामा टेलिकमकै तत्कालिन प्रवन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध जनही ३३ करोड विगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरे पनि यस्ता प्रकरणमा मुछिदै आएका डिल्ली अधिकारीलाई भने रहस्यमय रुपमा उन्मुक्ति दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077