Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका पूर्वसीडीओ छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौंका पूर्वसीडीओ छवि रिजाललाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ।

मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई काठमाडौँको सुविधानगरबाट नियन्त्रणमा लिएको थियो।

पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखी जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे विस्तृत सोधपुछ गरिएको थियो।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका लागि आवश्यक प्रारम्भिक बयान लिइसकेपछि रिजाललाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गरिएको हो ।

जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनमा किशोरहरूको ज्यान गएको घटनाले व्यापक आलोचना निम्त्याएको थियो।

उक्त घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन सीडीओ रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

घटनाका बेला रिजाल काठमाडौँका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077