Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ

काठमाडौंका पूर्वसीडीओ छवि रिजाल पक्राउ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको हो । 

जेनजी प्रदर्शनबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग ले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो।

भदौ २३ र २४ गते काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका बेला रिजाल नै प्रमुख जिल्ला अधिकारी थिए। उक्त प्रदर्शनका क्रममा गोली चल्दा आन्दोलन चर्किएको थियो । 

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि नै केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि पक्राउ गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077