Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वृद्धमाथि अभद्र व्यवहारको आरोपमा युवा संघ ललितपुरका अध्यक्ष पक्राउ

वृद्धमाथि अभद्र व्यवहारको आरोपमा युवा संघ ललितपुरका अध्यक्ष पक्राउ

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष रामशरण शर्मा बजगाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार गोदावरी नगरपालिका–१० टाखेलका ३० वर्षीय बजगाईलाई जेष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर फर्किने क्रममा लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि उक्त घटना भएको थियो।

सडकपेटीमा रहेका एक जेष्ठ नागरिकलाई बजगाईले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले बजगाईलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखेर घटनाबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077