Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अभिनेत्री उषा खड्गी भन्छिन् - अधिकार खोज्न म कता जाने ?, नयाँ सरकारले न्याय दिनुपर्‍यो

अभिनेत्री उषा खड्गी भन्छिन् - अधिकार खोज्न म कता जाने ?, नयाँ सरकारले न्याय दिनुपर्‍यो

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्नो पारिवारिक विवाद सामाजिक सञ्जाल मार्फत पुनः सार्वजनिक गरेकी छन् ।

मंगलबार दिउँसो उषा खड्गीले फेसबुकमा एकपछि अर्को स्टाटस लेख्दै आफ्नो पीडा र असन्तुष्टि व्यक्त गरेकी छन् ।

२०७९ जेठ २६ गते उषा खड्गी र जीपी तिमल्सिनाबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।

सम्बन्धविच्छेदको ६ महिनापछि अंशवण्डा टुंगो नलाग्दा सोही वर्ष मंसिर १९ मा जीपीले प्रेमिका सविना अधिकारीसँग दोस्रो विवाह गरेका थिए।  त्यसपछि उनीहरुबीचको विवाद बढ्दै गएको हो ।

उनले पहिलो स्टाटसमा आफू एकल आमाप्रति गर्व महसुस गरिरहेकी भन्दै लेखेकी छन्, “एकल आमा र मलाई आफूमाथि गर्व छ ।”

उनले दोस्रो स्टाटसमा पूर्वपति जीपी तिमल्सिनामाथि आरोप लगाउँदै लेखेकी छन्, 'तिम्रो लोग्नेलाई सम्हाल्नुपर्‍यो। मलाई गाली गर्छ, मेरो जीवनमा हस्तक्षेप गर्दै छ। पुलिस प्रशासनमा शान्ति सुरक्षा नहाली भएन, अब यो एक्स भनाउँदोलाई। अत्ति गर्‍यो मलाई साथीहरू।'

तेस्रो स्टाटसमा उनले घरमा बच्चाहरूको अगाडि हुने व्यवहार र आफ्नो अधिकारको खोजीबारे बताएका छन्। उनले लेखेकी छन्, 'मेरो माइतीबाट परिवारका सदस्य, साथीहरू आउँदा नानाथरी भन्ने, डिस्टर्ब गर्ने धेरै भैसक्यो। अदालतले मलाई पनि यो घर अंशमा दिएको छ। त्यसले मेरो घर, मेरो घर भनेर मात्र भनेर तनाव दिने। मेरो अधिकार खोज्न म कता जाने ? यो देशमा नियम र कानुन छ कि छैन ? अधिकार सुरक्षा छ कि छैन ? नयाँ सरकारले मलाई पनि मेरो हक अधिकार न्याय दिनुपर्‍यो ।’

चौंथो स्टाटसमा उनले घरको अंशवण्डा स्पष्ट पारेकी छन् । उनले लेखेकी छन्, 'यो घरमा ४ अंशियार छन्, मेरो २५ प्रतिशत, मेरी छोरी २५ प्रतिशत, छोरा २५ प्रतिशत, अनि त्यसको २५ प्रतिशत। अनि कसरी त्यसको मात्र घर भन्न मिल्छ ?'

पाँचौं स्टाटसमा उनले कडा रूपमा चेतावनी दिँदै भनिन्, 'मलाई यो घरबाट निस्कि, निक्लेर जा भनेर टर्चर दिन्छ‘ अब यो घरबाट म निस्कने होइन, तँलाई निकाल्ने हो। तँले सुरु गर्‍यौ, म अन्त्य गर्छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077