Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । 
 
पूर्वपत्नी उषा खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । 

उनी विरुद्ध पूर्व मिस नेपाल समेत रहेकी उषाले प्रहरीमा जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार, धाकधम्की तथा कुटपिटको प्रयास गरेको आरोप सहित जाहेरी दिएपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । 

छलफलबाट विवाद नटुंगिएपछि कानुनी कारबाहीका लागी तिमल्सिनालाई नियन्त्रणमा लिइएको हो ।

१७ चैतमा फेसबुकमार्फत उषाले आफूलाई सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने सहितका श्रृंखलाबद्ध फेसबुक स्टाटस लेखेकी थिइन् ।

उनले त्यतिबेला प्रहरी, प्रशासनमा शान्ति सुरक्षा माग्दै उजुरी दिने संकेत पनि गरेकी थिइन् । उनले अंशवण्डाको कुरा उठाउँदै आफूले न्याय पाउनुपर्ने र आफ्नो जीवनमा हस्तक्षेप हुन नहुने बताएकी थिइन् ।

२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077