काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले विजयी सुरुवात गरेको छ ।
न्यु चन्डीगढमा हिजो भएको खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो ।
गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै १६२ बनाएको थियो । जितका लागि १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभर १ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।
उसका कूपर कोनोलीले डेब्यूमै उत्कृष्ट प्रदर्शन गरे । उनले अविजित ७२ रन बनाए ।
गुजरातले सन् २०२२ मा एक पटक उपाधि जितेको छ भने पञ्जाब अहिलेसम्म उपाधिविहीन छ । अघिल्लो संस्करणमा पञ्जाब उपविजेता बनेको थियो ।
आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।