Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

साताको दुई दिन विद्यालय बिदा हुने सूचना 'फेक' !

साताको दुई दिन विद्यालय बिदा हुने सूचना 'फेक' !

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा साताको दुई दिन (शनिबार–आइतबार) सार्वजनिक बिदा दिने भनी सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्णतः भ्रामक, कपोलकल्पित र तथ्यहीन रहेको स्पष्ट पारेको छ ।

‘अप्रिल फुल’को सन्दर्भ पारेर मन्त्रालयको नाम, लोगो र आधिकारिक शैली दुरुपयोग गर्दै तयार पारिएको उक्त सूचनाले विद्यार्थी, अभिभावक र विद्यालयहरूमा व्यापक अन्योल सिर्जना गरेपछि मन्त्रालयले औपचारिक रूपमा ध्यानाकर्षण जनाएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो कुनै निर्णय नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिएको सूचनामा विश्वास नगर्न सबैमा आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार नक्कली सूचनामा निर्णयको कारण, उद्देश्य र संरचना समेत उल्लेख गरी वास्तविक सरकारी दस्तावेज झैँ देखिने गरी बनाइएको थियो। यसले शैक्षिक क्षेत्रमै भ्रम र अन्योल फैलाएको मन्त्रालयको ठहर छ।

मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरेर गलत सन्देश फैलाउनु गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

suchana

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077