Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निजी शैक्षिक व्यवसायमा झट्का, इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

निजी शैक्षिक व्यवसायमा झट्का, इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘ब्रिज कोर्स’ तथा प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने कडा निर्णय गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन्। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा का अनुसार यो निर्णय चैत १३ गते मन्त्रीस्तरबाट नै गरिएको हो।

यससँगै विद्यालय तहदेखि उच्च शिक्षासम्मका विभिन्न भर्नालाई लक्षित गरी सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षासमेत बन्द गर्ने निर्णय गरिएको छ।

मन्त्रालयले यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समतामूलक पहुँच कमजोर बनाउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने निष्कर्ष निकालेको छ।

निर्णयअनुसार वैशाखपछि यस्ता कार्यक्रम सञ्चालन गरेमा कानुनबमोजिम कडा कारबाही गरिनेछ। मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अनुगमन कडा पार्न र नियम उल्लंघन गर्ने संस्थामाथि कारबाही अघि बढाउन निर्देशनसमेत दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077