Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दिपक साहलाई कारवाही गर्ने लामिछानेले सुधन गुरुङ र सस्मित पोखरेलमाथि एक्सन लिन सक्छन् ?

दिपक साहलाई कारवाही गर्ने लामिछानेले सुधन गुरुङ र सस्मित पोखरेलमाथि एक्सन लिन सक्छन् ?

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले साहलाई नहटाएको दाबी गर्दै उक्त निर्णयबाट स्वयं प्रधानमन्त्रीलाई कमजोर बनाइएको आरोप लगाएका हुन् ।

मिश्रले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहलाई हटाउने कदमलाई ‘साहुजीद्वारा साहुजीकै हत्या’को संज्ञा दिएका छन् ।

उनका अनुसार मन्त्री साहले सुरुदेखि नै सक्रिय रूपमा काम गरिरहेका बेला केवल सामाजिक सञ्जालमा फैलाइएको “अनावश्यक प्रचार”का आधारमा हटाइनु अन्यायपूर्ण निर्णय हो। उनले सरकारको निर्णयप्रति प्रश्न उठाउँदै अन्य मन्त्रीहरूतर्फ पनि औँला तेर्स्याएका छन् ।

बिना प्रमाण नागरिक पक्राउ गरी मानवअधिकार उल्लंघन गरेको आरोप लागेका गृहमन्त्री सुधन गुरुङ, छोटो समयमै विवादित निर्णय गर्ने शिक्षामन्त्री सस्मित पोखरेल तथा सरकारको नीतिविपरीत दूतावास कार्यक्रमहरूमा सहभागी भएको आरोप लागेका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई किन कारबाही नगरिएको भन्ने प्रश्न उनले उठाए।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै मिश्रले चुनौतीपूर्ण शैलीमा लेखेका छन्, 'यी तीन मन्त्रीलाई कारबाही गर्न सक्नुहुन्छ ?'

उनले बालेन साहको नाम प्रयोग गरेर मधेश क्षेत्रमा मत संकलन गरिएको तर अन्ततः उनकै नजिकका व्यक्तिलाई बलिको बोको बनाइएको आरोपसमेत लगाए।

मिश्रले अन्त्यमा लेखेका छन्, 'बालेनको नाम देखाएर ९९ प्रतिशत साहुजीको भोट लिने, तर एउटा साहुजी मन्त्री हुँदा नपच्नेरु साहुजीको नाममा लुट्नु लुट्यौ, अब सम्भव छैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077