Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डिपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

डिपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । सरकारको सबैभन्दा ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई प्रतिनिधिसभाको सभामुखमा अघि सार्ने निर्णय गरेको छ ।

भर्खरै सम्पन्न संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

रास्वपा प्रवक्ता मनिष झाले उपसभापति अर्याललाई  सभामुख बनाउने सहमति भएको बताए । 

सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि २० गते गर्नेगरी प्रस्ताव गरिएको थियो । 

आजको संसद बैठकमा सभामुख निर्वाचनमा प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुखको निर्वाचनबारे कार्यतालिकाक प्रस्तुत गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077