Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। 

आज बसेको प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले अर्याललाई सभामुखमा प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, कानुन न्याय तथा संसदीय मामिलामन्त्री रसहरी विकासमन्त्री सुनिल लम्साललगायतले समर्थन जनाएका थिए ।

शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारी परेको थियो ।

सोही कारण निर्विरोध निर्वाचित भइसकेका अर्यालको आजको प्रतिनिधि सभा बैठकले औपचारिक घोषणा गरेको हो ।

यससंगै अर्यालले आजै दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने छन् ।

शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने राष्ट्रपति कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077