Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।

आज दिउँसो सबै प्रदेशको हिमाली भूभाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार सबै प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077