Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । 

शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उमेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।त्यस्तै, राष्ट्रियसभा बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् ।

त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

साथै, प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077