Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुने

आज डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुने

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ।

शुक्रबार नै निर्विरोध निर्वाचित भइसकेका अर्याललाई आजको बैठकमार्फत औपचारिक रूपमा सभामुखको जिम्मेवारी प्रदान गरिनेछ।

सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।

अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077