काठमाडौं । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल)ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
आजदिउँसो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा अर्यालले शपथग्रहण गरेका हुन् ।
यसअघि शुक्रबार सभामुखका लागि उम्मेदवारी दिन आह्रवान भएको थियो । तर अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए ।
यद्यपि आज बसेको प्रतिनिधि सभा बैठमामा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
सभामुखको शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह , राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कार्यवाहक सभामुख सपना प्रधान मल्ल लगायत विशिष्ट व्यक्तिहरु उपस्थित थिए ।
शपथ लिएसंगै अबदेखि प्रतिनिधि सभाको बैठक सभामुख अर्यालले सञ्चालन गर्नेछन् ।