Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नयाँ सभामुख डोलप्रसाद अर्यालले आइतबार शपथ लिने

नयाँ सभामुख डोलप्रसाद अर्यालले आइतबार शपथ लिने

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार सभामुख पदका लागि तोकिएको समय (शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म) मा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले अर्याल निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्।

आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकले आवश्यक प्रक्रिया पूरा गर्दै उनलाई औपचारिक रूपमा सभामुख घोषणा गर्नेछ।

त्यसपछि दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले अर्याललाई शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शितल निवासमा हुने सपथ ग्रहण कार्यक्रममा उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077