Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जेनजी आन्दोलनमा भएका घटनालाई क्षम्य गर्न सकिंदै, कारबाही हुनैपर्छ : रास्वपा

जेनजी आन्दोलनमा भएका घटनालाई क्षम्य गर्न सकिंदै, कारबाही हुनैपर्छ : रास्वपा

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद(डिपी) अर्यालले भदौ २३ र २४ गतेका घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउनुपर्ने बताएका छन्।

भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुल बालबालिकाहरूमाथि सरकारले गोली हानेर हत्या गरेको र २४ गते राष्ट्रका महत्त्वपूर्ण संरचनामा आगो लगाएर विध्वंस मच्चाएकाले दुवै दिनका घटनालाई क्षम्य गर्न नमिल्ने उनले बताए।

सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘भदौ २३ गते जसरी गोली प्रहार गरेर स्कुलका बालबालिकाको हत्या गरेको छ। त्यसैगरी २४ गते व्यक्तिका निजी सम्पत्ति र देशका महत्त्वपूर्ण संरचनामाथि आगजनी र तोडफोड गरी विध्वंस मच्चाइएको छ, यी दुवै अपराधिक घटना हुन्, दुवै घटनामा संलग्नलाई सरकारले कानुनी कठघरामा उभ्याउनुपर्छ ।’

अन्तरिम सरकारले गठन गरेको छानबिन आयोगले घटनाको छानबिन गरिरहेको र उक्त आयोगले नपुगे अझै शक्तिशाली र उच्चस्तरिय आयोग गठन गरेर भए पनि दुवै दिनको घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने उनको भनाई थियो ।

उनले भदौ २३ गतेको जेनजीको आन्दोलनमा आफ्नो पार्टीले संस्थागत रुपमै समर्थन जनाए पनि २४ गतेको घटनामा पार्टीको कुनै पनि संलग्नता नभएको बताए।

उनले रास्वपाका कुनै पनि नेता तथा कार्यकर्ता निजी वा सरकारी भौतिक संरचनामा तोडफोड र आगजनीमा संलग्न रहेको पाइएमा पार्टीले कारबाही गर्ने बताए।

नख्खु कारागारको घटनाको विषयमा आफूसहित रास्वपाका नेताहरू जोडिएको विषयमा बोल्दै अर्यालले पार्टी सभापतिको सुरक्षाको लागि लिएर जान कारागार प्रशासनले भनेपछि आफूहरू गएको दाबी गरे।

उनले भने–‘कारागार प्रशासन र त्यतिबेलाको राज्यको माथिल्लो निकायबाट कारागारमा पार्टी सभापति असुरक्षित हुन सक्ने भन्दै लैजान हामीलाई भनिएकोले म आफै पनि कारागार गएको हुँ, यदि त्यो मेरो गल्ती वा अपराध हो भने कारबाही भोग्न तयार छु ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077