Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभाको अर्को बैठक सोमबार १ बजे बस्ने

प्रतिनिधिसभाको अर्को बैठक सोमबार १ बजे बस्ने

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि बैठक स्थगित गरिएको थियो।

अब प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।

सभामुख अर्याललाई आजै राष्ट्रपति रामचन्द्र पौडेले शपथ खुवाउने छन् ।

त्यसपछि सोमबारको बैठक अर्यालले सञ्चालन गर्नेछन् ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077