Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । आजदेखि शैक्षिक संस्थाबाहेक देशभरका सम्पूर्ण सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् ।

सरकारले आइतबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म खुल्ने जनाएको हो ।

मध्यपूर्वमा भएको युद्धले मुलुकमा पेट्रोलियम संकट बढ्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

निर्णय गरेलगत्तै आइतरबार नै राजपत्रमा सूचना प्रकाशित भएको हो। कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ४ बजे कार्यालय बन्द हुनेछन्।

यसैबीच राष्ट्र बैंकले पनि आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077