Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठमेलबाट पक्राउ परेका २० विदेशी महिलामध्ये दुई जना डिपोर्ट

ठमेलबाट पक्राउ परेका २० विदेशी महिलामध्ये दुई जना डिपोर्ट

सोमवार , चैत्र २३, २०८२

काठमाडौं। ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका २० जना युगान्डेली युवतीहरुमध्ये दुई जनालाई देशनिकाला (डिपोर्ट) गरिएको छ। 

सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप तथा अभद्र व्यवहार गरी दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ फायरचोकस्थित सडकखण्डबाट यही ११ चैतमा पक्राउ गरेको थियो। 

पक्राउ परेपछि उनीहरूलाई अनुसन्धानका लागि १२ दिनको म्याद थप भएको थियो। जिल्ला अदालतले उनीहरू सबैलाई आइतबार धरौटीमा रिहा गरेको थियो। 

जसमध्ये दुई युवतीलाई डिपोर्ट’ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् । बाँकीलाई दूतावाससँग समन्वय गरी अध्यागमनमा बुझाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077