Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला समातिए

ठमेल क्षेत्रबाट अनैतिक गतिविधिमा संलग्न २० विदेशी महिला समातिए

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । काठमाडौंस्थित ठमेल क्षेत्रबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये सबै युगान्डाका नागरिक रहेका छन्। 

सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप तथा अभद्र व्यवहार गरी दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका-२६ अन्तर्गत फायरचोक क्षेत्र आसपासको सडकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। 

सो क्षेत्रमा पैदल यात्रु तथा पर्यटकहरूलाई अनावश्यक रूपमा अवरोध पुर्‍याउने, तथा अश्लील क्रियाकलापका नाममा मोलमोलाइ गर्ने गतिविधि भइरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराई को भनाइ छ।

एसपी भट्टराईका अनुसार उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

cccc.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077