Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र युएईका उपप्रधानमन्त्रीबीच फोन वार्ता, के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र युएईका उपप्रधानमन्त्रीबीच फोन वार्ता, के भयो कुराकानी ?

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधान तथा विदेशमन्त्री शेख अब्दुल्ला बिन जायद अल नह्यानबीच सोमबार साँझ टेलिफोन संवाद भएको छ ।

वार्ताको प्रारम्भमा यूएईका विदेशमन्त्रीले नवनियुक्त मन्त्री खनाललाई बधाई दिएका थिए भने खनालले त्यसका लागि धन्यवाद व्यक्त गरेका थिए।

वार्ताका क्रममा दुवै पक्षबीच पश्चिम एसियाको पछिल्लो सुरक्षा अवस्थाबारे गहन छलफल भएको बताइएको छ । मन्त्री खनालले यूएईप्रति नेपालको ऐक्यबद्धता व्यक्त गर्दै त्यहाँको सार्वभौम भूमिमाथि भएका आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए।

उनले विशेषगरी सर्वसाधारण तथा ऊर्जा केन्द्र, बन्दरगाह र विमानस्थलजस्ता महत्वपूर्ण संरचनामा लक्षित आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरे।

साथै, घटनामा एक नेपाली युवाको दुःखद् मृत्यु र २४ जना नेपाली घाइते भएको विषय पनि उठाउँदै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे।

मन्त्री खनालले “युद्ध शान्तिको विकल्प होइन” भन्ने स्पष्ट सन्देश दिँदै दीगो समाधान कूटनीति र संवादमार्फत मात्रै सम्भव हुने बताएका थिए।

उता, यूएईका उपप्रधान तथा विदेशमन्त्रीले कठिन परिस्थितिमा नेपालले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै यूएईमा रहेका नेपालीसहित सबै बासिन्दाको सुरक्षामा आफ्नो सरकार प्रतिबद्ध रहेको बताएका छन्।

साथै, द्वन्द्वको प्रभावमा परेका नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि यूएई पक्षले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077