Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपक्षी र वातावरणबाट फैलिने रोगबाट बच्न सचेत रहनुस्: स्वास्थ्यमन्त्री मेहता

पशुपक्षी र वातावरणबाट फैलिने रोगबाट बच्न सचेत रहनुस्: स्वास्थ्यमन्त्री मेहता

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले प्रकृति सुरक्षित र पशुपक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताएकी छन्। 

विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मेहताले यस्तो बताएकी हुन् ।

उनले पछिल्लो समय मानव र पशुपक्षीबीचको अन्तरसम्बन्धका कारण पशुपक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरण प्रदूषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्काघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्।

उनले भनिन्- ‘वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धित रोगहरू- क्यान्सर, मुटुरोग, मस्तिष्कघात जस्ता नसर्ने रोगहरू पनि बढिरहेको छ। अर्कोतर्फ मानव र पशुपक्षीमा एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभावी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्याले पनि ठूलो सङ्कटको अवस्था निम्त्याएको छ ।’

मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह पनि गरिन्। 

साथै यो वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077