Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

‘स्वास्थ्य क्षेत्रमा विभेद भयो’ भन्दै जनकपुरमा स्वास्थ्यकर्मी आन्दोलित, स्वास्थ्यमन्त्रीको राजीनामा माग

‘स्वास्थ्य क्षेत्रमा विभेद भयो’ भन्दै जनकपुरमा स्वास्थ्यकर्मी आन्दोलित, स्वास्थ्यमन्त्रीको राजीनामा माग

शनिवार , बैशाख २६, २०८३

जनकपुरधाम । स्वास्थ्य क्षेत्रको दरबन्दी नीतिप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै सडकमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार धनुषाका विभिन्न निजी तथा सरकारी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट, अनमी, ल्याब असिस्टेन्टलगायत स्वास्थ्यकर्मीहरूले संयुक्त रूपमा जनकपुरधामका विभिन्न चोकमा र्‍याली निकालेका थिए ।

प्रदर्शनकारीहरूले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, ‘स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर’, ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ लगायतका नारा लगाएका थिए ।

स्वास्थ्यकर्मीहरूले हालै सरकारले सार्वजनिक गरेको दरबन्दी आह्वानमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी, सीएमएलगायत पदहरू समावेश नगरिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

स्वास्थ्यकर्मीहरूले मन्त्री मेहतामाथि मेडिकल माफियासँग नजिक रहेको आरोपसमेत लगाएका छन् । साथै, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग दोहोर्‍याएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077