Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रेष्ठलाई बीमा बोर्डमा पुनः नियुक्त गरेको विषयले श्रममन्त्री विवादमा

श्रेष्ठलाई बीमा बोर्डमा पुनः नियुक्त गरेको विषयले श्रममन्त्री विवादमा

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार साहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा पुनः नियुक्त गरेको समाचार बाहिरिएपछि श्रममन्त्री नै विवादमा परेका छन् । 

यद्यपी श्रेष्ठले भने उक्त समाचारको खण्डन गरेकी छन् । यसअघि बोर्ड सदस्य रहेकी श्रेष्ठ ८ पटकसम्म बैठकमा अनुपस्थित भएपछि कारबाहीमा परेकी उनले स्वास्थ्य बीमा बोर्ड सदस्यमा आफ्नो नियुक्ति २०८० सालमा नै भएको बताएकी छन् । 

श्रेष्ठ यसअघि २०८०/०८/१२ को मन्त्रीस्तरको निर्णयानुसार चार वर्षका लागि बोर्डको सदस्य बनेका थिइन् । 

फेसबुकमार्फत उनले आफूले पुनः नियुक्तिसम्बन्धी कुनै आधिकारिक पत्र नपाएको स्पष्ट पारेकी छन्। उनले वर्तमान सरकारबाट आफूले कुनै नियुक्ति नलिएको र लिँदा पनि नलिने बताएकी हुन् ।

आफूलाई औपचारिक रूपमा नियुक्ति दिइएको भन्ने कुरा बाहिर आएको जस्तो नभएको बताउँदै उनले यस विषयमा श्रीमानलाई नजोड्न पनि आग्रह गरेकी छन् । 

श्रेष्ठ कारबाहीमा परेपछि बोर्ड सदस्यको एक पद रिक्त छ । उक्त रिक्त पदमा श्रेष्ठलाई नै निरन्तरता दिने विषयमा छलफल चलेको स्रोत बताउँछ । 

उनले फेसबुकमा लेखेको स्टाटस
स्वास्थ्य बीमा बोर्ड सदस्यमा मेरो नियुक्ति २०८० सालमा भएको हो । २०८० सालमा भएको यो नियुक्ति चार वर्ष अर्थात २०८४ सालसम्मका लागि हो । अहिलेको पुनः नियुक्तिको विषय मेरो जानकारीभन्दा बाहिरको विषय हो । साथै, मैले यसबारे कुनै आधिकारिक जानकारी पाएको छैन् । तसर्थ, अहिलेको नियुक्ति सम्बन्धि आइरहेको खबर भ्रामक हो र त्यसप्रति मेरो खेद छ। 
यस सम्बन्धि मेरो श्रीमानलाई नजोड्नुहुन म विनम्र आग्रह गर्दछु।

junu.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077