Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरामा महिलाको बीभत्स हत्या

पोखरामा महिलाको बीभत्स हत्या

बिहिवार , चैत्र २६, २०८२

कास्की । पोखरामा बुधबार साँझ एकल महिलाको विभत्स हत्या भएको छ।

कास्की प्रहरीका अनुसार पोखरा– ५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेललाई अज्ञात व्यक्तले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । हत्यामा संलग्न व्यक्ति र कारण पत्ता लागेको छैन ।

पृथ्वीचोकमा पसल सञ्चालन गर्दै आएकी महिला सिर्जनाचोक तर्फ जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी हत्या भएको बताइएको छ ।

पौडेललाई धारिलो हतियार प्रहार भएपछि उपचारका लागि तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो।

उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077