Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपसभामुख चयनका लागि आज मतदान, सरस्वती र रुबी मैदानमा

उपसभामुख चयनका लागि आज मतदान, सरस्वती र रुबी मैदानमा

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनको प्रक्रिया अगाडि बढ्नेछ ।

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट ५९ वर्षीया सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट २६ वर्षीया रुबी कुमारी चुनावी मैदानमा छन्।

रुबीलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि समर्थन रहेका कारण उनी निर्वाचित हुने लगभग पक्का भएको छ।

संसद् सचिवालयका अनुसार बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुवै सदनको संयुक्त बैठकलाई गरिएको सम्बोधनको प्रति टेबुल गर्नेछन् ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077