Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख निर्वाचनमा नेकपा एमाले सहभागी नहुने

उपसभामुख निर्वाचनमा नेकपा एमाले सहभागी नहुने

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेकपा एमालेले भाग नलिने निर्णय गरेको छ ।

उपसभामुख चयनको प्रक्रिया अघि बढिरहेका बेला  नेकपा एमालेले निर्वाचनमा सहभागी नहुने जनाएको हो ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दिएका छन् । 

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पद पाउने लगभग निश्चित भएको बताइएको छ । राजनीतिक सहमतिका आधारमा उक्त पार्टीको पक्षमा बहुमत जुट्ने देखिएको छ ।

यता नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरेको छ । 

यसैगरी नेपाल कम्युष्ठि पार्टी पनि  ठाकुरलाई नै समर्थन गर्ने जनाएको छ । उपसभामुखको निर्वाचन अहिले जारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077