काठमाडौं । चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
चेन्नईमा हिजो पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भयो ।
चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक बनाए । उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित ११५ रन जोडे । त्यस्तै आयुष म्हात्रेले ५९ रन जोडे । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए ।
२१३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए ।
चेन्नईका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै अंशुल काम्बोजले ३ विकेट लिए ।