Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले आज आइतबार कोशी प्रदेशका पहाडी र हिमाली भेगसहित अन्य हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने देखिन्छ।

कोशीको तराई र अन्य पहाडी भूभागमा आंशिक बदली हुने भए पनि बाँकी तराईका क्षेत्रमा भने मौसम सफा रहने अनुमान छ। 

तर, कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

यस्तै गण्डकीका पहाडी भूभाग र अन्य केही हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सङ्केत देखिएको छ।

विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आज हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077