Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आइतबार विद्यालय बन्द नगर्न तारकेश्वर गाउँपालिकाको निर्देशन

आइतबार विद्यालय बन्द नगर्न तारकेश्वर गाउँपालिकाको निर्देशन

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाले संघीय सरकारले गरेको निर्णय अस्वीकार गर्दै ठाडै चुनौति दिएको छ । बालेन्द्र शाह ‘बालेन’ ले शनिबार र आईतबार विद्यालय बन्द गर्न निर्देशन दिएको थियो । तर, गाउँपालिकाले भने आइतबार विद्यालय बन्द नगर्ने भन्दै शैक्षिक संस्थाहरूका शनिबार चार बुँदे निर्देशन दिएको छ । 

तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले चार बुँदे निर्देशन दिदै आइतबार विद्यालय बन्द नहुने जानकारी गराएका हुन् । उनले २०८३ सालको नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा विद्यालय आयतवार वन्द नगरिने जनाएका छन् । 

संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको सन्दर्भमा तारकेश्वर गापा अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले गाउँपालिका भित्रका शैक्षिक संस्थाहरूका लागि चार वटा बुँदाहरूमा निर्देशन दिएका छन्। 

उनले पूर्व निर्धारित तालिका अनुसार आगामी वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले तय भइसकेको वार्षिक शैक्षिक क्यालेण्डर प्रभावित हुने बताए । 

अध्यक्ष अधिकारीले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको बुक फ्री डे मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन् । 

सोही अवधिका बीचमा नयाँ शैक्षिक सत्रका लागि कार्ययोजना निर्माण गर्ने र प्रभावकारी शिक्षण क्रियाकलापका लागि शिक्षकहरूबीच सामूहिक छलफल र शैक्षणिक सीपको आदानप्रदानका कार्यक्रमहरू सञ्चालन गर्ने, आगामी वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्देशनमा उल्लेख छ ।  

अध्यक्ष अधिकारीले अहिलेकै अवस्थामा सातामा दुई दिन शिक्षण संस्था बन्द गर्दा विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक समय अपुग हुने देखिएको जनाएका छन् । 

उनले संघीय सरकारको सातामा दुई दिन बिदा दिने निर्णयका पछाडि इन्धनको बचत पहिलो उद्देश्यका रुपमा देखिएको र गाउँपालिकाभित्र शिक्षण संस्था सञ्चालन हुँदा इन्धनको खपतमा थपिने भार नगन्य रहने भएकाले संघीय सरकारबाट नयाँ शैक्षिक कार्ययोजनासहित विस्तृत योजना आएको खण्डमा सोही अनुसार गर्ने उल्लेछ गरेका छन् । 

विद्यालयहरू बाहेक गापाभित्रका अन्य कार्यालयहरूको हकमा भने संघीय सरकारको नीति अनुरुप नै सातामा दुई दिन कार्यालय बन्द रहने र अन्य दिन बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अध्यक्ष अधिकारीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077