Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन

बालेनसहित मन्त्रीहरूको सम्पत्तिको स्रोत छानविनको माग गर्दै माइतीघरमा प्रदर्शन

मन्त्रीहरुलाई सुनको बहार, जनतालाई महंगी उपहार

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकार)ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सहित मन्त्रिपरिषदका सदस्यहरू सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको माइतीघरमा क्रान्तिकारका कार्यकर्ताहरूले मन्त्रिपरिषद सदस्यहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका हुन् ।

उनीहरूले हातमा प्लेकार्ड र ब्यानरहरू बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘हामी चुप लाग्दैनौं, आयस्रोत खुलाउनै पर्छ’, ‘सम्पत्ति देखियो, सम्पत्ति देखियो–स्रोत कहाँ गयो ?’, ‘सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री’, ‘मन्त्रीहरुलाई सुनको बहार, जनतालाई महंगी उपहार’ लेखिएका थिए ।   

sun and.jpg

मन्त्रिपरिषदका सदस्यहरूको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्न प्रदर्शन गरिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको सरकारका प्रधानमन्त्री बालेन नेतृत्वको सरकारका मन्त्रीहरुसँग अत्याधिक सुन रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । 

akhil krantikari.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077