Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकारी निर्णयको 'साइड इफेक्ट' : नेपाली गाडीलाई भारतमा पेट्रोल निषेध

सरकारी निर्णयको 'साइड इफेक्ट' : नेपाली गाडीलाई भारतमा पेट्रोल निषेध

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारी साधनमाथि कडाइ गर्ने सरकारको निर्णयको प्रभाव अब प्रत्यक्ष रूपमा नेपाली नागरिकको दैनिकीमा देखिन थालेको छ ।

मधेस प्रदेशसँग जोडिएका सीमावर्ती जिल्लाहरूमा बसोबास गर्ने नेपालीहरू दैनिक उपभोग र सेवा सुविधाका लागि भारतीय बजारमा निर्भर रहँदै आएका छन्, तर पछिल्लो कडाइपछि उनीहरूको जीवनयापन प्रभावित हुन थालेको छ।

नेपालतर्फ भारतीय गाडीमाथि कडाइ गरिएपछि त्यसको प्रतिक्रिया सीमापारि देखिन थालेको छ । सीतामढी जिल्ला अन्तर्गत वैरगनिया क्षेत्र नजिकका नन्दबारा आसपासका पेट्रोल पम्पहरूले ‘नेपाली नम्बर प्लेटका सवारीमा पेट्रोल नदिइने’ सूचना टाँस्दै नेपाली गाडीलाई इन्धन दिन बन्द गरेका छन्। यस्तो अवस्था सीमावर्ती अधिकांश भारतीय बजारमा फैलिँदै गएको स्थानीयले बताएका छन्।

यस कदमले सीमाक्षेत्रका नेपाली नागरिकहरूलाई गम्भीर समस्यामा पारेको छ। नेपालमा पेट्रोलियम पदार्थ महँगो भएपछि धेरै नेपाली सवारी चालकहरू इन्धन भर्न भारततर्फ जाने गरेका थिए । तर अहिले इन्धन आपूर्ति नै बन्द भएको छ । 

यो समस्या केवल इन्धनमा सीमित नरहने चिन्ता स्थानीयले व्यक्त गरेका छन्। यदि यही प्रवृत्ति जारी रहे दैनिक उपभोग्य वस्तुहरूमा समेत प्रतिबन्ध सुरु हुन सक्ने र त्यसले मधेसको सामाजिक तथा आर्थिक संरचनामा गम्भीर असर पार्ने जोखिम देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077