Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकातालाई हराउँदै गुजरातको तेस्रो जित

कोलकातालाई हराउँदै गुजरातको तेस्रो जित

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९ ओभर चार बलमा भेट्टायो । 

गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा, सुनिल नराइन र रमनदीप सिंहले समान एकरएक विकेट लिए । 

अहमदावादमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १८० रन बनायो । उसका क्यामरन ग्रीनले सर्वाधिक ७९ रन बनाए । गुजरातका कगिसो रबाडाले तीन तथा मोहम्मद सिराज र अशोक शर्माले समान दुईरदुई विकेट लिए । 

जीतसँगै ५ खेलमा ६ अङ्क जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । ६ खेल खेलेको कोलकाता एक अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । आज दुई वटा खेल हुँदैछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077