Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा राजस्थानसँग लखनउ पराजित

आईपीएलमा राजस्थानसँग लखनउ पराजित

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ । 

लखनउको एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो । जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो ।

राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले । यशस्वी जैसवाल र शिमरोन हेटमायरले समान २२/२२ रनको योगदान दिए । 

लखनउका तर्फबाट बलिङमा मोहसिन खान, प्रिन्स यादव र मोहम्मद शामीले समान २–२ विकेट लिए ।

मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077