काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ ।
गएराति बेङ्गलुरुको एम। चिन्नास्वामी स्टेडियममा भएको खेलमा गुजरातले दिएको २०६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
आरसीबीका विराट कोहली र देवदत्त पडिक्कलको अर्ध शतक खेले । कोहलीले ८१ रन र पडिक्कलले ५५ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
गुजरातका साई सुदर्शनले ५८ बलमा शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । आरसीबी ७ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । समान ७ खेलमा ६ अङ्कसहित गुजरात सातौँ स्थानमा छ ।
आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।