Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ५० पैसा र बिक्री दर १५१ रुपैयाँ १० पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७६ रुपैयाँ ३६ पैसा र बिक्री दर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर २०३ रुपैयाँ २३ पैसा र बिक्री दर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयांक एकको खरिद दर १९१ रुपैयाँ ६३ पैसा र बिक्री दर १९२ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०७ रुपैयाँ ६३ पैसा र बिक्री दर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०९ रुपैयाँ ९५ पैसा र बिक्री दर ११० रुपैयाँ ३९ पैसा, सिंगापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ९५ पैसा र बिक्री दर ११८ रुपैयाँ ४२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४४ पैसा र बिक्री दर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ०१ पैसा र बिक्री दर २२ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ १३ पैसा र बिक्री दर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ २८ पैसा र बिक्री दर ४१ रुपैयाँ ४५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६५ पैसा र बिक्री दर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ९७ पैसा र बिक्री दर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ९६ पैसा र बिक्री दर ३८ रुपैयाँ ११ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १८ पैसा र बिक्री दर १० रुपैयाँ २२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ ३१ पैसा र बिक्री दर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ ६० पैसा र बिक्री दर २३ रुपैयाँ ६९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ २१ पैसा र बिक्री दर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिद दर ४९० रुपैयाँ ८७ पैसा र बिक्री दर ४९२ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिद दर ३९८ रुपैयाँ ५७ पैसा र बिक्री दर ४०० रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिद दर ३९० रुपैयाँ ९० पैसा र बिक्री दर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077