Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएलमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित

आईपीएलमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग ९ विकेटले पराजित भएको छ ।

दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । पावर प्लेमै दिल्लीले १३ रन मात्र बनाएको थियो । 

आरसीबीका जोस हेजलवुडले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए । ७६ रनको लक्ष्य आरसीबीले ६ ओभर ३ बलमै १ विकेट गुमाएर भेट्टायो ।

जेकब बेथेलले ११ बलमा २० रन बनाए । देवदत्त पडिक्कलले १३ बलमा अविजित ३४ रन जोडे । त्यस्तै विराट कोहलीले पनि अविजित २३ रन बनाए । 

जीतसँगै आरसीबी अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली सातौँ स्थानमा यथावत् रहेको छ । आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे पञ्जाव किङ्ग्स र राजस्थान रोयल्स खेल्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077