काठमाडौं । नेपाली कांग्रेसले रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस अनुशासन समितिको बैठकले कान्छारामलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
उनले पार्टी सभापति गगनकुमार थापामाथि विभिन्न आरोप लगाउँदै बोलेको विषय बाहिरिएपछि पार्टीले स्पष्टीकरण सोधेको थियो ।
पार्टीका अनुसार सोही विषयमा मागिएको स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको ठहर गर्दै अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको हो।
कान्छारामलाई रामेछाप जिल्ला सभापतिबाट आजैको मितिदेखि लागू हुने गरी निलम्बन गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यस्तै, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण विषयमा भने सर्वोच्च अदालतबाट फैसला भइसकेकाले थप स्पष्टीकरणको औचित्य नरहेको पार्टीको निष्कर्ष छ।