Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तरुण दलका अध्यक्ष गुरुङले दिए पदबाट राजीनामा

तरुण दलका अध्यक्ष गुरुङले दिए पदबाट राजीनामा

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षबाट विद्धान गुरुङले राजीनामा दिएका छन्। 

पार्टी निर्माणमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ अध्यक्ष गुरुङले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा बुझाएका हुन् ।

तत्कालीन सभापति शेरबहादुर देउवाले गुरुङलाई ०७८ साल फागुन ९ गते अध्यक्षको जिम्मेवारी दिएका थिए ।

आगामी मंसिरसम्म तरुण दलको पाँचौँ महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा रहे पनि बीचमै गुरुङले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनले तरुण दललाई यसको मुल मर्म र भावना अनुरुप अघि बढाउन आफूले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले आफूलाई जिम्मेवारी दिएकोप्रति पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिलाई धन्यवाद समेत दिएका छन्।

'वर्तमान अवस्थामा नेपाल तरुण दललाई दलको मुल मर्म र भावना अनुरुप अझ संगठित, सशक्त र पार्टीप्रति क्रियाशील साथै अनुशासित बनाउनुपर्ने पनि भएकाले आगामी दिनमा नेपाल तरुण दललाई दलको मुल विचारबाट अगाडी बढाउन पार्टीले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै पूर्ण रुपले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु,'उनले भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077