Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

बालुवाटारमा शेखर कोइराला समूहको छलफल जारी

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् ।

भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको हो ।

उक्त भेला बालुवाटारस्थित ओपेरा होटलमा जारी छ। 

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित छन् ।

सभापति गगन थापा र पूर्णबहादुर खड्का समूहमा नलागेका नेताहरू समेट्ने तयारीमा कोइराला छन् ।

यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए। 

तर उक्त भेलामा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् । विशेष महाधिवेशन अस्वीकार गरेको खड्का र कोइराला समूह आन्तरिक रुपमा छलफल गरिरहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077