Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाले बोलाए आफूपक्षीय नेताको बैठक

शेखर कोइरालाले बोलाए आफूपक्षीय नेताको बैठक

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कोइराला र उनीनिकट नेताहरू छुट्टै रणनीति बनाउन तीर लागेका छन्।

त्यसका लागि कोइरालाले आज दिउँसो साढे १ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन् ।

बैठकमा आगामी रणनीति, पार्टी भित्री अवस्था र निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

उता शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

रिट दायरका गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा लगायतका नेताहरू पनि सर्वोच्च पुगेका थिए । सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077