Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

आङ्देम्बेले राष्ट्रपतिलाई जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

शनिवार , बैशाख १९, २०८३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान भएको उक्त भेटवार्तामा आङ्देम्बेले सरकारले ल्याएका अध्यादेश र त्यसप्रति विपक्षी दलहरूको धारणा राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

आङ्देम्बेले विपक्षी दलहरूको बैठकको निष्कर्षसमेत प्रस्तुत गर्दै संसद् अधिवेशन बोलाइसकेपछि त्यसलाई रोकेर अध्यादेशमार्फत शासन गर्ने अभ्यासप्रति आपत्ति जनाएका थिए । 

सरकारले बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोजेपछि विपक्षीहरूले विरोध जनाइरहेका छन्। 

उनले अध्यादेश जारी गर्ने प्रक्रियाप्रति विपक्षी दलहरूको असहमति रहेको पनि राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

यसअघि पनि विपक्षी दलहरूले अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलाई लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै आलोचना गर्दै आएका छन्।

सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसमध्ये तीन वटा अध्यादेश जारी भइसकेका छन् । 

यस्तै राष्ट्रपति पौडेलसँग नेता आङ्देम्बेको समसामयिक राजनीतिक विषयमा संवाद भएको राष्ट्रपति सचिवालयले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077