Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

सल्यान प्रहरी परिसरमै ८६ वटा बम फेला, डिस्पोजल गरिदै

शनिवार , बैशाख १९, २०८३

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र ठूलो संख्यामा बम बरामद भएको छ ।

उक्त कार्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा जमिनमुनि ८६ वटा बम फेला परेको हो ।

शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय क्षेत्रमा प्रारम्भमा शंकास्पद वस्तु देखिएपछि बुधबारदेखि उत्खनन सुरु गरिएको थियो।

उत्खनन् गर्दा शनिबार बिहान ११:२० बजेसम्मको समयमा कूल ८६ वटा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेकामध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेका छन्। उत्खननकै क्रममा रेडियो वेभ उपकरण ७ थान, करिब ५०० ग्राम विस्फोटक पदार्थ, झण्डै २ केजी बम बनाउन प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबल समेत बरामद भएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सल्यानका सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।

प्रारम्भिक अनुसन्धानपछि नेपाली सेनासँग समन्वय गरी थप जनशक्ति परिचालन गरिएको छ।

दाङस्थित नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको र शनिबार बिहानदेखि विभिन्न गणका इन्जिनियर टोली घटनास्थलमा खटिएका छन् ।उनीहरुले फेला परेका बमलाई निष्क्रिय पार्ने तयारी गरिरहेका छन् । घटनाको थप अनुसन्धान जारी रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077