Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुजरातसँग ४ विकेटले पराजित भएको पञ्जाब शीर्षमा यथावत्

गुजरातसँग ४ विकेटले पराजित भएको पञ्जाब शीर्षमा यथावत्

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्ससँग पञ्जाव किङ्स ४ विकेटले पराजित भएको छ। 

अहमदावादमा १६४ रनको लक्ष्य पाएको गुजरातले एक बल बाँकी छँदै लक्ष्य भेट्टायो।

तालिकाको शीर्ष स्थानमा रहेको पञ्जाबले खराब सुरुवात गरेको थियो। ४७ रन हुँदा पाँच विकेट गुमाएको पञ्जावका लागि मार्कस स्टोइनिस र सुर्यांसले पालीलाई केही उकासेका थिए।

सुर्यासंले ५७ रन बनाए भने स्टोइनिसले ४० रनको योगदान दिए। जवाफी ब्याटिङ गरेको गुजरातका मध्य क्रममा ब्याट्सम्यान नचल्दा अन्तिम बलसम्म खेललाई कुर्नु परेको थियो।

पराजित पञ्जाब ९ खेलमा १३ अंकका साथ यथावत छ भने गुजरातको १० खेलबाट १२ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077