Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका आईजीपी पौडेलले लगाए दर्ज्यानी चिह्न

सशस्त्र प्रहरीका आईजीपी पौडेलले लगाए दर्ज्यानी चिह्न

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।

गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गत १८ वैशाखमा तत्कालीन आईजीपी राजु अर्याल अवकाशमा गएपछि पौडेलले सशस्त्र प्रहरीको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् ।

दर्ज्यानी चिह्न ग्रहणसँगै पौडेलले अब औपचारिक रूपमा सशस्त्र प्रहरी बल नेपालको नेतृत्व सम्हालेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077