Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटन मन्त्रालय मातहतका ३३ जना र भौतिक पूर्वाधारका २० पदाधिकारी पदमुक्त

पर्यटन मन्त्रालय मातहतका ३३ जना र भौतिक पूर्वाधारका २० पदाधिकारी पदमुक्त

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत ३३ जना पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएसँगै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसहित मन्त्रालय मातहत ३३ जना पदमुक्त भएका हुन् ।

बोर्डमा सीईओ जोशीसँगै सदस्यहरू नरेन्द्रकुमार देव, कुमारमणि थपलिया, ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा पदमुक्त भएका छन् ।

त्यस्तै पशुपति क्षेत्र विकास कोष अर्न्तगत सदस्यसचिव प्रकाशमणि शर्मा, कोषाध्यक्ष श्रीधर सापकोटा, सदस्य हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुवेदी, डा. भरतप्रसाद बडाल, रामेश्वर संगत, रेनुका पराजुली र राजुकुमार खत्री पदमुक्त भएका छन् ।

यसैगरी नेपाल वायुसेवा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समिति सदस्य रामप्रसाद खतिवडा समेत पदमुक्त भएका छन् ।

x.jpg

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायबाट पनि २० पदाधिकारी पदमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ परिषद्‌बाट सर्वाधिक १३ पदाधिकारी पदमुक्त भएका छन् ।

जसमा अध्यक्ष प्रा. डा. पदमबहादुर शाही, उपाध्यक्ष इ.डा. विकास अधिकारीरहेका छन् भने नेपाल रेल्वे बोर्डका रेल्वे प्रशासक बलराम मिश्रसहित ३ जना रहेका छन् ।

यस्तै सडक बोर्ड नेपालका ४ सदस्य पनि पदमुक्त भएका भएको मन्त्रालयले जनाएको छ ।

x2.jpg

आजै राष्ट्रिय खेलकुद परिषद्का १९ पदाधिकारीहरु पदमुक्त भएका थिए।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति खारेज गर्न उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै उनीहरु पदमुक्त भएका हुन्।

यसरी प्रशासनिक तथा सामाजिक क्षेत्र, कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान, सामाजिक क्षेत्र, ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय, स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र, शिक्षा तथा विश्वविद्यालय क्षेत्र र सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्र गरी १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। सरकारले अब यी रिक्त पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077