Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भैरहवाको क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

भैरहवाको क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

बुधवार , बैशाख २३, २०८३

भैरहवा । नेपाल प्रहरीले भैरहवास्थित गौतमबुद्ध इन्टरनेसनल होटलभित्र सञ्चालित ‘रोयल कालिङ्गा क्यासिनो’मा छापा मार्दै क्यासिनो म्यानेजरसहित १९ जना नेपालीलाई पक्राउ गरेको छ ।

सिद्धार्थनगर नगरपालिका–१० मा रहेको उक्त क्यासिनोमा मंगलबार राति गरिएको चेकजाँचका क्रममा जुवा खेलाउने ४ जना र खेल्ने १५ जना गरी कुल १९ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ परेकाहरूको साथबाट ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल र २०० थान क्यासिनो क्वाइन बरामद गरिएको छ ।

सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले केही महिनाअघि सञ्चालनमा आएको क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेश र जुवाखेलबारे गुनासो आएपछि निगरानी बढाइएको जानकारी दिए ।

पक्राउ पर्नेहरूमा रुपन्देहीका १५ जना तथा काठमाडौं, ललितपुर, गुल्मी र पर्साका एक/एक जना रहेका छन् ।

नेपालमा क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न निषेध गरिएको कानुनी व्यवस्था हुँदाहुँदै पनि उल्लंघन भएको भेटिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077