Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवाह भोज खाएकाहरूलाई ‘फुड पोइजनिङ’, ९३ जना बिरामी

विवाह भोज खाएकाहरूलाई ‘फुड पोइजनिङ’, ९३ जना बिरामी

आइतवार , बैशाख २७, २०८३

चितवन। चितवनमा विवाह भोज खाएका ९३ जनालाई  ‘फुड पोइजनिङ’ भएको छ। 

जिल्लाको भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा यही वैशाख २३ गते आयोजित विवाहमा भोज खाएपछि ‘फुड पोइजनिङ’ भई ९३ जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तीमध्ये ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भोज खाएकाहरू बिरामीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। 

केहीको भने काठमाडौंको निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको छ। 

दुईजनाको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि सबैको अवस्था खतरामुक्त रहेको छ । घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ। 

साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गरिरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077